विराटनगर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायँको कानून निर्माण गर्नु पर्ने बताएकी छिन् । "/>

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने–मन्त्री थापा

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने–मन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

विराटनगर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायँको कानून निर्माण गर्नु पर्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ मोरङद्वारा हिजो आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले वर्तमान अवस्थाको कानूनले बलात्कारका घटना रोक्न नसकिएकाले सर्वश्वहरण सहितको कडा कानून निर्माणमा संसदमा छलफल चलाएको बताइन् ।

स्थानीय तहमा रहेका महिला प्रतिनिधिले समाजमा रहेको महिला हिंसा, बोक्सी प्रथा, दाइजो लिनेदिने कार्यलाई निरुत्साहित बनाउन अभियान सञ्चालन गर्नु पर्ने उनको जोड थियो । उनले संघका अगुवा कार्यकर्तालाई महिला हिंसा, बलात्कारका घटनामा पीडितलाई उपचार र घटनाका दोषीलाई कानूनी प्रक्रियामा लगेर हिंसा न्यूनीकरण अभियानमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् । मन्त्री थापाले दुई महिना भित्र महिला बालबालिका मन्त्रालयले महिला हिंसा प्रभावित जिल्लामा अपराध न्यूनीकरण गर्न चेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
रासस

Logo