काठमाडौं

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकद्धय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले आज बिहान पदको दज्र्यानी चिन्ह (फुली) लगाउने भएका छन् । "/>

महानिरीक्षकद्वयले आज बिहान दज्र्याजी चिन्ह लगाउने

महानिरीक्षकद्वयले आज बिहान दज्र्याजी चिन्ह लगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकद्धय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले आज बिहान पदको दज्र्यानी चिन्ह (फुली) लगाउने भएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरुलाई गृह मन्त्रालयमा आयोजित बिशेष कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले आईजीपीको दज्र्यानी चिन्ह लगाउने छन् । उनीहरुलाई बुधवार बसेको मन्त्री परिषद बैठकले आईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरुको पद बहाली पनि बिहीवारबाटै हुनेछ ।

गृहका सह प्रवक्ता झंक ढकालले बढुवा भएका दुवै आईजीलाई बिहीवार (आज) बिहान ८ः३० बजे दज्र्यानी चिन्ह लगाइने बताए । उनले भने, ‘बुधवार बढुवा भएका दुवै प्रहरीका आईजीलाई बिहीवार बिहान दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । त्यस लगतै उहाँहरुको पद बहाली हुनेछ । दज्र्यानी चिन्ह गृह सचिव ज्यूले लगाउने हुनेछ ।’
नयाँ पत्रिकाबाट

Logo