दार्चुला

प्रदेश नं. ७ सरकारले बुधबार (आज) नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । "/>

प्रदेश नं. ७ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

प्रदेश नं. ७ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

केन्द्रबिन्दु
0
Shares

दार्चुला

प्रदेश नं. ७ सरकारले बुधबार (आज) नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । चालू आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री प्रकाश बहादुर शाहले बताए । ‘सरकारले तीन महिनाका लागि ल्याउने अल्पकालीन बजेटका लागि नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ,’ मन्त्री शाहले भने ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले नीति तथा कार्यक्रमका विषयमा मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए । बुधबार बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने मन्त्री बोहराले बताए । ‘मन्त्रिपरिषद्को बैठकले स्विकृत गर्ने निर्णय गरेको छ, अब चैत २८ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ,’ उनले भने । सरकारले २४ चैतमै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो । तर आर्थिक कार्यविधि विधेयक पारित हुन समय लागे पछि २८ चैत (आज) का लागि सारिएको हो ।
नयाँ पत्रिकाबाट

Logo