काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । "/>

१० वर्ष भित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउने लक्ष्य

१० वर्ष भित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । १० वर्ष भित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउने लगायतका महत्वाकांक्षी योजना सहित सरकारले संसदमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी थालेको हो । प्रधानमन्त्रीको भारत भ्रमण र सरकार विस्तारको प्रयासका कारण लम्बिएको नीति तथा कार्यक्रमको तयारीलाई प्रधानमन्त्री फर्किए लगत्तै तीव्रता दिइएको रक्षामन्त्री र्इश्वर पोखरेल बताउँछन् ।

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त वाम घोषणापत्रमा उल्लेख गरिएका लक्ष्यलाई पूरा गर्ने गरी नीति र कार्यक्रम तयार पारिरहेको उनले बताए । केही दिन भित्रै संसदमा प्रस्तुत गर्ने योजनाका साथ हाल मन्त्रालयगत रूपमा नीति र कार्यक्रमहरू तयार भइरहेको उनको भनार्इ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि २१ कात्तिकमा वाम गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको संयुक्त घोषणापत्रमा समावेश गरिएका कार्यक्रमलाई पूरा गर्ने गरी नीति तथा कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लिएर निर्वाचनमा होमिएको वाम गठबन्धन साझा उम्मेदवारी दिएर जनता बीच गएका थिए । वाम गठबन्धनका उम्मेदवारले जनताका बीचमा गरेका वाचालाई पूरा गर्ने गरी नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने तयारी सरकारको छ ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारका सचिव एवं मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्री लगायतलाई निर्देशन दिँदै जनताको आवश्यकता, चाहना एवं आकांक्षालाई ध्यान दिएर नीति तथा कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै मन्त्रालयगत योजना बनेको र त्यसलाई संक्षेपीकरण गरी नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्ने कार्य भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
राजधानीबाट

Logo