बारा

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । "/>

रिलायन्स सुगर मिलको ट्यांकी पड्किँदा एक जनाको मृत्यु

रिलायन्स सुगर मिलको ट्यांकी पड्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बारा

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत ४८ वर्षीय राम सेनाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलवार विहान करिब ११ बजेको समयमा उद्योगमा रहेको ८ लाख लिटर क्षमताको भण्डारण ट्यांकी एक्कासी पड्किएपछि त्यसको प्रेसरले पर्खाल भत्कँदा च्यापिएर सेनाइको मृत्यु भएको हो । घटनामा अन्य ९ मजदुर घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

 

Logo