काठमाडौँ
सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा पाँच वर्ष भित्र तीन रेलमार्ग सम्पन्न गर्ने लक्ष्य लिएका छन् । साथै १० वर्ष भित्र अन्य तीन रेलमार्ग सम्पन्न गर्ने योजना बनाएका छन् । ती रेलमार्गहरू सम्पन्न गर्न १० वर्षका लागि १४ खर्ब रुपैयाँ बजेट लाग्ने अनुमान समेत गरेका छन् । ७ माघमा सरकारका सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने रेलमार्गहरूको निर्माण ५ देखि १० वर्ष भित्रमा सम्पन्न गर्ने प्रतिवेदन तय गरेको हो ।
कार्यदलले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोकमार्गको समानान्तर रेलमार्ग पाँच वर्ष भित्र सम्पन्न गर्ने प्रतिवेदनमा छ । रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पनि पाँच वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य राखेका छन् । काठमाडौं–वीरगन्ज रेलमार्ग पाँच वर्ष भित्र नै सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।
कार्यदलले भित्री मधेसका समानान्तर हुने गरी पूर्व–पश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन तीन वर्षभित्र तयार गर्ने, हिमाली राजमार्गका समानान्तर दार्चुलाको टिंकरदेखि ताप्लेजुङको पाथिभरा सम्मको पूर्व–पश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन पाँच वर्ष भित्र सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ ।
राजधानीबाट





























प्रतिक्रिया