काभ्रे

क्रसर र खानीको जिल्लाको उपमा पाएको काभ्रेका राजमार्ग जोडिएका प्रहरी चौकीले ट्रिपरहरूबाट अवैध रूपमा रकम संकलन गर्ने गरेको पाइएको छ । "/>

काभ्रेका सडकमा प्रहरी–ट्रिपर व्यवसायीको साँठगाँठ यस्तो !

काभ्रेका सडकमा प्रहरी–ट्रिपर व्यवसायीको साँठगाँठ यस्तो !

केन्द्रबिन्दु
0
Shares

काभ्रे

क्रसर र खानीको जिल्लाको उपमा पाएको काभ्रेका राजमार्ग जोडिएका प्रहरी चौकीले ट्रिपरहरूबाट अवैध रूपमा रकम संकलन गर्ने गरेको पाइएको छ । रकम नदिए बेहोर्नु पर्ने हैरानीका कारण पनि ट्रिपर चालकहरू राजमार्गका प्रहरी चौकीलाई सहजै रकम बुझाउन राजी हुन्छन् । यो रकम मासिक झन्डै ७० लाख रूपैयाँ जति हुने अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार, जिल्लामा दैनिक १ हजार २ सय भन्दा बढी ट्रिपर गुड्ने गर्छन् । त्यस मध्ये आधा भन्दा बढी ट्रिपर चालकले दैनिक रूपमा प्रहरी/ट्राफिक प्रहरीलाई रकम बुझाउने गर्दै आएका छन् ।

काभ्रेमा राजमार्गसँग जोडिएका मंगलटार, भकुण्डे, काभ्रे भज्याङ, साँगा, पाँचखाल, खावा, हिंगुवापाटी, सिपाघाट र दोलालघाट प्रहरी चौकी छन् । यी प्रहरी चौकीलाई झन्डै ८ सय ट्रिपरले हरेक महिना रकम बुझाउनु पर्ने बाध्यता छ । यहाँ चल्ने ट्रिपरहरू दुई किसिमका छन् । एउटा मासिक रूपमा प्रहरीलाई रकम बुझाउने र अर्को नबुझाउने ।

पीडित ट्रिपर चालकहरूका अनुसार प्रहरीलाई रकम नबुझाउने ट्रिपरहरू चल्नै सक्दैनन् । त्यस्ता ट्रिपर चालकहरूलाई प्रहरी/ट्राफिक प्रहरीले अनेक प्रकारको दुःख दिएर रकम दिन बाध्य पार्छन् । चालकहरू पनि झमेलामा पर्नु भन्दा प्रहरीलाई मासिक रूपमा रकम दिँदा नै ट्रिपर चलाउन सजिलो हुने ठान्छन् । यहाँका प्रहरी चौकीहरूले आफूहरूलाई रकम दिने र नदिने ट्रिपर र ट्रिपर चालकको सूची नै बनाएका छन् । चौकीका हरेक प्रहरी/ट्राफिक प्रहरी सूचीबारे राम्रैसँग जानकार छन् । डिउटीमा खटिएका प्रहरीले मासिक रूपमा रकम बुझाउने ट्रिपरले जे गरे पनि आँखा चिम्लिने गरेका छन् । नदिने ट्रिपर चालकलाई भने सानो सानो गल्तीमा पनि दुःख दिने गरेका छन् ।

त्यसो त ट्रिपर चालकले पनि ५ सय देखि १ हजार रूपैयाँसम्म थप आय आर्जन गर्नका लागि मासिक रूपमा प्रहरीलाई रकम बुझाउने गरेका हुन् । कर तिरेर काभ्रे र सिन्धुपाल्चोकका क्रसरबाट बालुवा ल्याउने हो भने वासिङ बालुवाको १३ हजार रूपैयाँसम्म ट्रिपरवालाले तिर्नुपर्छ । तर सोही बालुवा खोलाबाट मान्छेले झिकेर ल्याएको भन्ने हो र बिल नचाहिने हो भने क्रसरकै बालुवामा क्रसर सञ्चालकहरूले ५ सयदेखि १ हजार रूपैयाँसम्म छुट दिने गर्दछन् । स्रोतका अनुसार यी चौकीमा खटिएका ट्राफिकले तीन महिनामा १० लाख रूपैयाँ सम्म आम्दानी गर्ने गरेको अनुमान गरिएको छ । दैनिक रूपमा मोबाइलमा पैसा हालिदिन भन्दै १/२ सय माग्ने ट्राफिक प्रहरी समेत राजमार्गमै भेटिने चालकहरूको दाबी छ । चौकीहरूले संकलन गरेको रकम चौकीका इन्चार्जहरू मार्फत जिल्ला तहमा पुग्ने जानकारहरू बताउँछन् ।
राजधानीबाट

Logo