काठमाडौँ
बाल यौन दुराचारको आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाली बालकहरूलाई ललाई–फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी पीडित बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काभ्रेको मण्डन देउपूर नगरपालिका १ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी बाल यौन दुराचारको आरोपमा पक्राउ पर्ने ‘हाई प्रोफाइल’ व्यक्ति हुन् । उनी नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा कार्यरत रहेका व्यक्ति हुन् ।
उनी माथि बाल यौन दुराचार मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । गैरनाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेसनलका संस्थापक समेत रहेका उनी २००२ मा राष्ट्रसंघको बालश्रम विरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकारका रूपमा कार्यरत रहेको बुझिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया