काठमाडौं

भ्रष्टाचार नियन्त्रण गर्न गठित राष्ट्रिय सतर्कता केन्द्रमा ८३ दरबन्दी पद मध्ये २७ दरबन्दी रिक्त रहेको छ । "/>

राष्ट्रिय सर्तकता केन्द्रमा २७ पद रिक्त

राष्ट्रिय सर्तकता केन्द्रमा २७ पद रिक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भ्रष्टाचार नियन्त्रण गर्न गठित राष्ट्रिय सतर्कता केन्द्रमा ८३ दरबन्दी पद मध्ये २७ दरबन्दी रिक्त रहेको छ । करिब एकतिहाइ कर्मचारीको दरबन्दी रिक्त हुँदा सर्तकता केन्द्र प्रभावहीन बन्न पुगेको छ । सरकारले भ्रष्टाचार अन्त्य गर्ने बताउँदै आए पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सर्तकता केन्द्रको काम कारबाही भने कर्मचारी अभावमा धेरै सुस्त भएको छ ।

सर्तकतामा केन्द्रमा रहेका ४ उपसचिव मध्ये दुई उपसचिव रिक्त छन् भने एक उपसचिव पनि अख्यितार दुरूपयोग अनुसन्धान आयोगमा काजमा गएका छन् । बाँकी एक उपसचिवले चारवटा विभाग सम्हालेका छन् । कर्मचारी अभाव हुँदा केन्द्रका विभागमा पनि कर्मचारी अभाव खड्किएको छ । केन्द्रको नीति निर्माण विभागमा एकजना मात्र कर्मचारी छन् । बाँकी दरबन्दीमा कर्मचारी रिक्त छन् । सतकर्ता केन्द्रमा रिक्त रहेका दरबन्दी मध्ये अधिकांश रिक्त पद माथिल्लो पदका कर्मचारी रहेका छन् । माथिल्लो पदका कर्मचारी रिक्त हुँदा काम कारबाहीमा झनै अप्ठेरो परेको कर्मचारीको गुनासो छ ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले कुल ८३ कर्मचारीको दरबन्दी रहेकोमा २७ मा कर्मचारी रिक्त रहेको भन्दै त्यसले केन्द्रको काम कारबाही प्रभावित भएको छ । उनले भने, ‘सतकर्ता केन्द्रमा जति कर्मचारी दरबन्दी राखिएको छ । सबै ठाउँमा कर्मचारी पूर्ति गर्ने हो भने सतर्कता केन्द्रको सक्रियता अरु बढ्छ ।’ सीमित कर्मचारीबाट पनि सतकर्ता केन्द्रले आफ्नो काम कारबाही गरिरहेको उनले बताए । ‘कम कर्मचारी भए पनि हामीले काम गरिरहेका छौँ। सक्रिता बढाएका छौँ ।’ सर्तकता केन्द्रका अधिकृत तहका ४९ दरबन्दी मध्ये १३ रिक्त छ । यसैगरी सहायकस्तरका ३४ दरबन्दी मध्ये १८ दरबन्दीमा कर्मचारी रिक्त छन् । २६ दरबन्दीमा मात्र कर्मचारी पूर्ति भएका छन् । यसैगरी प्रहरीतर्फ २४ दरबन्दीमा २३ दरबन्दी पूर्ति भएको छ भने एक दरबन्दी रिक्त छ । सर्तकर्ता केन्द्रमा करारमा सवारीचालक ८ र कार्यालय सहयोगी १७ कार्यरत छन् ।
नागरिकबाट

Logo