महोत्तरी
गौशाला नवराजपुरका उपेन्द्र महतोले चार विघा खेतमा लगाएको १६ ट्रली उखु करिब आठ लाख रुपैयाँमा चिनी मिललाई बुझाए । १५ दिनमा भुक्तानी दिने भनिए पनि पुस १६ अघि बुझाएको उखुको २ लाख मात्र उनले पाए । उखु कटानी, ढुवानी र घरखर्चको सरसापटी तिर्दै उनको दुई लाख रुपैयाँ सकियो । तीन महिना यता उनले उखुको बाँकी एक पैसा पनि पाएका छैनन् ।
चिनी मिल बन्द हुन एक साता मात्र बाँकी रहँदा उनको १५ कठ्ठा खेतमा उखु काट्नै बाँकी छ । दैनिक पाँच सय रुपैयाँ ज्याला दिएका कामदारलाई घामले उखु काट्न कठिनाइ भएको उनी बताउँछन् । त्यसमाथि मिलले ‘पेमेन्ट’ रोकेपछी किसान पिरोलिएका छन् । ‘ऋण गरेर उखु रोपियो, हुर्काइयो । कटानी र ढुवानी गर्न ऋणकै भर परियो,’ उपेन्द्रले भने, सरकारसँग मिलेर मिल मालिकले रकम दिन ढिलाइ गरेको किसानको आरोप छ ।
उपेन्द्रका छिमेकी सन्तोष यादवको कथा व्यथा झनै दुःख लाग्दो छ । उनले दुई बिघामा लगाएको उखु मिलमा बुझाइसके । तर मिलले एक पैसा पनि भुक्तानी दिएको छैन । दश ट्रली उखु बेच्दा उनलाई ८० हजार रुपैयाँ ऋण थपिएको छ । उखु रोप्न लिएको एक लाख रुपैयाँ पनि तिर्न बाँकी रहेको उनले बताए । सर्लाहीको विसरपुरका किसान किसुनदेव महतो पाँच विघा खेतमा फस्टाएको उखु देखेर दंग थिए । १२ ट्रली उखु मिलमा बुझाएपछी दुई लाख रुपैयाँ मात्र हात पारे । उनी उखुको चलानी र भुक्तानी नपाएकोमा दिक्क छन् ।
नेपालकै ठूलो चिनी उद्योग एभरेष्ट चिनी उद्योगले चैत्र १६ सम्ममा दुई अर्ब १० करोड ६१ लाख, २० हजार आठ सय ८३ रुपैयाँ बराबरको ३९ लाख ६४ हजार आठ सय ३६ क्वीन्टल उखु क्रसिङ्ग गरेको मिलका प्रमुख उखु प्रबन्धक पवन कुमार झाले बताए । मिलले पुस १६ अघि किसानले बुझाएको उखुको २० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ । पुस ७ गतेबाट क्रसिङ्ग सुरु गरेको उक्त मिलले चैत्र १६ गते सम्म किसानबाट लिएको उखुको एक अर्ब ९० कारोंड ६१ लाख २० हजार आठ सय ८३ रुपैंया भुक्तानी गर्न बाँकी छ । चिनी मिलले तीन महिना देखी भुक्तानी रोकेको किसानको गुनासो छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया