काठमाडौँ

बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट पहिलो चरणमा डिजेल मात्रै आयात हुने भएको छ । "/>

पेट्रोलियम पाइपलाइनबाट पहिलो चरणमा डिजेल मात्रै आयात गरिने

पेट्रोलियम पाइपलाइनबाट पहिलो चरणमा डिजेल मात्रै आयात गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट पहिलो चरणमा डिजेल मात्रै आयात हुने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मध्येमा डिजेलको माग हाल बजारमा उच्च रहेकाले डिजेलको मागलाई सम्बोधन गर्नको लागि पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ ।

परियोजनाले तीव्रता पाइरहेको बेला सबैभन्दा बढी बजार माग रहेको डिजेललाई नै पेट्रोलियम पाइपलाइनबाट आयात गर्ने योजना रहेको नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिए । ‘हाल ठूलो मात्रामा पेट्रोलियम पदार्थमा पनि डिजेल धेरै खपत भइरहेकाले हामीले डिजेल आयात गर्ने योजना गरेका छौं,’ भट्टराईले भने– ‘जसले गर्दा ठूलो मात्रमा ढुवानी वापत खर्च हुने वार्षिक करिब १ अर्ब रुपियाँ बचत हुनेछ ।’

दैनिकरूपमा नेपालभर ५५ सय किलोलिटर डिजेल माग हुँदै आएको छ भने पेट्रोलमा भने दैनिक १५ सय किलोलिटर माग हुँदै आएकोे छ । मासिक रूपमा हेर्ने हो भने डिजेल १ हजार ४१ किलोलिटर सम्म खपत हुने गरेको छ भने पेट्रोल करिब ४० हजार किलोलिटर । यो तथ्याङ्कलाई सम्बोधन गर्नको लागि पनि तत्काललाई निगमले डिजेल मात्र आयात गर्न लागिएको प्रमुख भट्टराईको भनार्इ छ ।

पेट्रोलियम पाइपलाइनबाट हाल नेपाली बजारमा रहेको मागलाई धान्ने ७० प्रतिशत देखि ८० प्रतिशत मात्र आयात गर्न सकिने बताइएको छ । अरू पेट्रोलियम पदार्थ भने अन्य नाकाबाट आयात गरिनेछ । पाइपलाइनबाट पेट्रोल, ग्याँस, मट्टितेल, हवाई इन्धन भने ट्यांकर, ट्रकबाट नै निरन्तर आयात हुने भट्टराईले बताए ।

बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले ढिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ । भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ ।
नेपाल समाचारपत्रबाट

Logo