धनगढीमा प्रहरीको लाठीचार्जबाट १५ जना घाइते भएका छन् । जनआन्दोलन दिवसको अवसर पारेर चार पार्टीले निकालेको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको जुलुश निकालेका थिए ।
नेकपाले आफूहरुको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर आफ्ना कार्यकर्ता घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ। यता प्रहरीले भने प्रशासनको अनुमतिविना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेको र रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ।
प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





























प्रतिक्रिया