जुम्ला
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले सरकारले मान्छेको ब्यापार गरिरहेको आरोप लगाएका छन् । पार्टीको १३ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्न जुम्ला पुगेका सांसद सुवालले युवायुवतीलाई वैदेशिक रोजगारीको नाममा बेचेर सरकार मान्छे ब्यापारमा सक्रिय रहेको दावी गरेका हुन् ।
‘सरकारले निर्यात गर्ने भनेको युवायुवती मात्र हो । अरु केही निर्यात गर्न सकेको छैन । निश्चित समयका लागि खाडी मुलुकमा युवायुवती बेचेरै भित्रिएको रेमिट्यान्सबाट सरकार चलेको छ, तर तिनै युवायुवतीको हितका लागि सरकारले केही गर्न सकेको छैन’ उनले भने, ‘नेपालमा रोजगारी र आम्दानीको प्रचुर सम्भावना भएपनि सरकारले स्रोत साधनको सही उपयोग गर्न नसक्दा युवायुवती बेचिन बाध्य छन् ।’
वैदेशिक रोजगारका नाममा ७० लाख बढी युवायुवती सरकारले विदेश निर्यात गरेको तर्क गर्दै सुवालले उनीहरुलाई स्वदेशमै रोजगारी दिने सरकारले निति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयनमा पछि हटेको बताए । वैदेशिक रोजगारीकै कारण कतिपयको घरबार विछोड देखि खाडी मुलुकमै अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सरकारले अन्त्य गर्न नसकेको उनको भनार्इ छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया