मकवानपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाको विकल्प नभएको बताएका छन् । "/>

प्रदेश नं. ३ : राजधानीलाई स्वार्थको बिषय नबनाउन थापाको चेतावनी

प्रदेश नं. ३ : राजधानीलाई स्वार्थको बिषय नबनाउन थापाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

मकवानपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाको विकल्प नभएको बताएका छन् । प्रदेश नम्बर १, ६ र ७ को राजधानीको तुलनामा भौतिक पूर्वाधारसँगै हेटौंडा प्रदेशका सवै जिल्लाको उपयुक्त स्थानमा समेत रहेको उनले जिकिर गरे ।

हेटौंडामा बिहिबार आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानीलाई राजनीतिक र ब्यक्तिगत स्वार्थको बिषय नबनाउन चेतावनी पनि दिए । ‘गृह नगर भनेर होइन, प्रदेश नम्बर ३ को सबैभन्दा उपयुक्त स्थान हेटौंडा हो,’ उनले भने ‘विगतमा मध्यमाञ्चल विकास क्षेत्रको केन्द्रमा रहेको थियो, जसकारण राजधानी हुन आवश्यक भौतिक पूर्वाधारहरु उपलव्ध छन् ।’

अरु कुनै पनि जिल्ला वा क्षेत्रमा राजधानी राख्दा अरु कार्यालयको भवन खोस्नु पर्ने वा नयाँ निर्माण गर्नु पर्ने अवस्था रहेको भन्दै उनले क्षेत्रीय कार्यालयहरु रहेको हुँदा हेटौंडा राजधानीका लागि पूर्वाधारको दृष्टीबाट सवैभन्दा उपयुक्त रहेको दाबी गरे । ‘यातायातको सहजता र अन्य दृष्टीकोणबाट पनि हेटौंडा अत्यन्तै उपयुक्त छ’ उनले थपे ।
नागरिकबाट

Logo