काठमाडौँ

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम बलियो देखिएको छ । "/>

अब प्रकृया पुर्याउनेले देशभर रुट पर्मिट सहजै पाउने

अब प्रकृया पुर्याउनेले देशभर रुट पर्मिट सहजै पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम बलियो देखिएको छ । काठमाडौं–बनेपा रुटमा मयूर यातायातलाई पर्मिट दिएसँगै त्यहाँ सञ्चालित विभिन्न ११ समितिले बस नचलाइ बिरोधमा उत्रिएपछि सरकारले उक्त रुटमा नयाँ कम्पनीलाई रुट दिन थालेको छ । बुधबार काठमाडौं–बनेपा रुटमा पाँच नयाँ कम्पनीलाई रुट पर्मिट दिइएको छ ।

सरकार देशभरका जुनसुकै रुटमा पनि प्रक्रिया पुर्याएर बाटो इजाजत (रुट पर्मिट) लिन इच्छुक सबैलाई दिइने नीति लिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराइले जानकारी दिए । “यातायात क्षेत्रमा देखिएको आलोपालो वा चक्रीय प्रणाली (सिन्डिकेट) कहीँ कतै अस्तित्वमा रहनु हुँदैन भन्ने हाम्रो मान्यता हो,” उनले भने, “प्रतिस्पर्धात्मक ढंगमा उपभोक्ताले सरल र सुलभ सेवा पाउन जो सुकैले व्यवसाय गर्न सक्छन्, त्यही नीति कार्यान्वयन गरिरहेका छौं ।”

सोमबार र मंगलबार चक्काजाममा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आवद्ध १३ वटा समितिले बुधबार देखि सेवा नै अवरुद्ध पारेपछि विभागले अन्य ५ यातायात कम्पनीलाई अस्थायी रुट पर्मिट उपलब्ध गराएको हो । शिव दर्शन यातायात प्रालि, सिटीमेट्रो यातायात प्रालि, साझा यातायात, अन्नपूर्ण यातायात प्रालि र मध्य उपत्यका यातायात प्रालिले अस्थायी रुट पर्मिट मार्फत बुधबार देखि नै काठमाडौं–बनेपा बस सेवा सुरु गरेका छन् । उक्त कम्पनीले बुधबार २० वटा बस सञ्चालन गरेको र बिहीबार २५ वटा बस थप गरी सेवा उपलब्ध गराउने विभागले जनाएको छ । विभागका अनुसार साझा यातायातका १० वटा बसलाई पनौती सम्म र अरु १० वटा बसलाई धुलिखेल सम्म इजाजत दिइएको छ । अन्य यातायात कम्पनी पनि रुट इजाजत लिन आइरहेकाले विभागले आवश्यकता हेरेर दिने जनाएको छ ।
कारोबारबाट

Logo