धुलिखेल

कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् । "/>

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा शुरु

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा शुरु

केन्द्रबिन्दु
0
Shares

धुलिखेल

कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् । बिहानै देखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समिति अन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि बस सेवाहरुले बुधबार देखि नै काठमाडौं देखि काभ्रेको धुलिखेल सम्म सेवा दिएका हुन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालका अनुसार विभागले गरेको आह्वान अनुरुप हिजो मात्रै सात वटा यातायात सेवा समितिले अस्थायी रुट परमिट लिएर बस सेवा सञ्चालनमा ल्याएको बताए । ‘ती सेवा समितिहरुले हिजोका लागि अस्थायी इजाजतपत्र लिएको हो, उनीहरुले चाहेको खण्डमा स्थायी इजाजतपत्र लिएर निरन्तर सेवा दिन सक्नेछन्’, अर्यालले भने ।

जिल्लामा पुराना बस व्यवसायीले दिँदै आएको सेवासँगै नयाँ बस सेवा समितिले पनि थप सुविधा सम्पन्न बससेवा दिन थालेपछि यात्रुहरु खुशी भएका छन् । ‘हामी सधैं पुराना बसमा यात्रा गर्नु पथ्र्यो, अहिले नयाँ बस सेवा समितिले सुविधा सम्पन्न सेवा दिन थालेकोमा धेरै खृुशी छु’, स्थानीय बासिन्दा अशोक खनालले बताए । रासस

Logo