अछाम

अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घर देखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन् । "/>

अछामका महिला आफैंले भत्काए छाउपडी गोठ !

अछामका महिला आफैंले भत्काए छाउपडी गोठ !

केन्द्रबिन्दु
0
Shares

अछाम

अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घर देखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन् । महिनावारी हुँदा घर देखि टाढा बस्ने काम कुनै पनि हिसाबले ठिक नभएको महसूस गर्दै अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिलाले आफैं छाउपडी गोठ भत्काएका हुन् । गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै बिभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा रहेका पाँच वटै छाउपडी गोठ भत्काएर गाउँका सबै महिला महिनावारी हुँदा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेबि खत्रीले जानकारी दिइन् ।

सोमबार बिहानको खाना खाएर गाउँको पटाकानीमा जम्मा भएका महिलाहरूले गाउँमा रहेका सबै गोठहरू भत्काएको उनले बताइन् । यस अघि आफूहरूले नबुझेर नै गोठमा बसिरहेको सुनाउदै पुतलीले सरसफाइमा विशेष ध्यान दिएर घरमै बस्दा पनि केहि फरक नपर्ने बारेमा गाउँका महिला सचेत बनेको बताइन् ।

छाउपडी बार्ने प्रथालाई कुप्रथा घोषित गरि सरकारले यसलाई फौजदारी अपराध समेत मानेर यस विरुद्ध कानुन निर्माण गरीसके पछि यहाँका स्थानीयहरू छाउपडी गोठ विरुद्ध उत्रीएका हुन् । छाउपडी गोठमा बस्ने परिवारलाई गाउँपालिका र वडाले प्रदान गर्ने सबै सेवा सुबिधाबाट बञ्चित गर्ने निर्णय गरेपछि आफूहरूले गोठ भत्काएको स्थानीय जिरादेवी विकले बताइन् ।

सरकारले छाउपडी कुप्रथा विरुद्ध कानुन निर्माण गरी आगामी भदौ ५ गते पछि छाउपडी गोठमा राख्नेलाई जेल सजायँ सम्मको व्यवस्था गरेपछि यो प्रथा मान्नेहरू निकै डराएका छन् । त्यसै कानुनलाई टेकेर स्थानीय तहले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि गोठमा बस्नेलाई सेवा सुबिधाबाट समेत बञ्चित गर्ने सम्मको निर्णय गरेपछि मेल्लेख गाउँपालिकाका प्राय सबै गाउँमा गोठ भत्काउने अभियान चलेको छ । महिनावारी भएका महिलाले घरमै बस्दा देवीदेउता रिसाउछन् भन्ने मान्यता बोकेका स्थानीयले गोठ भत्काएर घरमै बस्नका लागि देउतालाई समेत पुज्ने काम गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo