काठमाडौं

संघीय संसदको मंगलबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पास गरेको छ । "/>

चिकित्सा शिक्षा विधेयक पास गर्दै संसद अधिवेशन सकियो

चिकित्सा शिक्षा विधेयक पास गर्दै संसद अधिवेशन सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय संसदको मंगलबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पास गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पेश गरेको अध्यादेशलाई संसदले पास गर्दै यो अधिवेशन पनि सकिएको छ । शिक्षा, वन तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको यो अध्यादेशलाई बहुमत मार्फत पास गरिएको हो । यस अघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एउटा जिल्लामा एक मात्र मेडिकल कलेज खोल्न दिने अध्यादेशको प्रावधाना माथि संशोधन प्रस्ताव हालेका थिए ।

तर उनको प्रस्तावलाई संसदको बहुमतले अस्वीकार गरिदिएको थियो । यो अध्यादेश पारित गर्दै संसदको चालु अधिवेशन पनि स्थगित भएको छ । सुवालले यो अध्यादेशमा प्रावधाना माथि प्रश्न उठाएपछि मन्त्री पोखरेलले जवाफ दिएका थिए । उनले सुवालका प्रश्नबारे छलफल गर्ने जवाफ पनि दिए । उनले राजधानी उपत्यकामा १० वर्ष सम्म मेडिकल कलेज खोल्न गरिएको प्रतिबन्धबारे अर्को पटक छलफल गर्ने पनि बताएका छन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । अब जेठ १५ गते ल्याइने बजेटका लागि बजेट अधिवेशन बस्ने छ । त्यो प्रक्रिया प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्किएपछि अघि बढ्ने छ ।
अन्नपूर्णबाट

Logo