नुवाकोट

पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ । "/>

पासाङ ल्ह्यामु राजमार्गमा प्रेसर कुकर बम फेला

पासाङ ल्ह्यामु राजमार्गमा प्रेसर कुकर बम फेला

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ । शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गको बिच सडकमा शंकास्पद वस्तु भेटिएपछि त्रिशुलीबाट काठमाडौँ आउने र काठमाडौँबाट त्रिशुली जाने सवारी बीचैमा रोकिएका छन् ।

नेपाली सेनाको बम डिस्पोजल टोली बिदुरबाट बेलकोटका लागि आउँदै गरेको स्थानीय नारायणप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्लस्टिकले बेरिएको प्रेसर कुकरमा बिजुलीको तार बाहिर निकालिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo