काभ्रे

मयुर यातायात प्रालिको विरोधमा सोमबार काभ्रेको बनेपामा एक घण्टा चक्काजाम गरेका छन् । "/>

सरकारलाई चुनौती दिँदै काभ्रेमा यातायात व्यवसायीको चक्काजाम

सरकारलाई चुनौती दिँदै काभ्रेमा यातायात व्यवसायीको चक्काजाम

केन्द्रबिन्दु
0
Shares

काभ्रे

मयुर यातायात प्रालिको विरोधमा सोमबार काभ्रेको बनेपामा एक घण्टा चक्काजाम गरेका छन् । सरकारलाई नै चुनौती दिँदै सिण्डिकेटको पक्षमा काभ्रे र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायात सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गर्दै काभ्रेको बनेपास्थित चारदोबाटोमा चक्काजाम गरिएको हो ।

चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेको थियो । पुरानो यातायात व्यवसायीले आइतवार ग्रामीण भेगमा यातायात सेवा ठप्प, सोमवार चक्काजाम, चैत्र २१ गते कोटेश्वर पूर्वका यातायात पूर्ण बन्द गराउने कार्यक्रम तयार भएको काभ्रे बस व्यवसायी संघ अध्यक्ष दिलबहादुर शाहीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शिब सिम्खडाले जनताको सुरक्षाको लागि आएको बसलाई रोक्ने अधिकार कसैसँग छैन रोकेमा कार्बाही गरिने बताए ।

यसैविच व्यवसायीहरुले विरोध स्वरुप बिहान चक्काजाम गरेर अवरोध पुर्याएको भएपनि बनेपामा स्थानीयबासी र प्रहरीको सुरक्षामा बस सञ्चालन गरिएको छ । आइतबार घोषणा गरे अनुसार नै सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेपनि स्थानीय र प्रहरीको सहयोगमा बस सञ्चालनमा आएको हो । विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीय र प्रहरीले सुरक्षा दिएका हुन् । बनेपाको चारदोबाटो, तिनदोबाटो र जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्य सम्म पुर्याइ दिएका थिए ।
नयाँ पत्रिकाबाट

Logo