रोल्पा

आठ किलोग्राम चरेश सहित यहाँ आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ । "/>

आठ किलो चरेश सहित एक महिला पक्राउ

आठ किलो चरेश सहित एक महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

रोल्पा

आठ किलोग्राम चरेश सहित यहाँ आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना २ ख ५६४४ नं को बसको डिकीमा प्लाष्टिक जेब्रा झोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेश भेटिएको थियो । उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको छ ।
रासस

Logo