काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई वर्खास्त गर्ने चेतावनी दिएपनि दुई महिना अघि प्रदेशमा खटाइएका दुई सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् ।
कार्यक्षेत्र नजाने कर्मचारीलाई मात्रै होइन जानलाई रमाना नदिने र गएपछि हाजिर नगराउने कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने भन्दै प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीले चेतावनी दिँदै आएपनि प्रदेशमा खटाइएका १ हजार १ सय ४३ कर्मचारी मध्ये २ सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र नपुगेका हुन् ।
संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयका अनुसार खटाइएका कर्मचारी मध्ये केही विरामी भएको बाहना बनाएर बीचमै हराएका छन्, केही खबरै नगरी गायब छन् भने केही महत्वपूर्ण जिम्मेवारी भएकाले जिम्मेवारी हस्तान्तरण गर्न ढिलाइ भएको निहुँ निकालेर काठमाडौंमै बस्दै आएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया