काठमाडौँ
स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले गर्दा औषधि अभाव हुनुका साथै सर्पदंश र बहुला कुकुरले टोक्दा लगाइने (एन्टिरेबिज) को समेत खरिद अवरुद्ध भएको विभागले जनाएको छ ।
विभाग अन्तर्गतका महाशाखा र केन्द्रका प्रमुखहरुलाई पाँच लाख सम्मको मात्रै कार्यक्रम स्वीकृति र भुक्तानी दिने अधिकार हुन्छ । त्यो पनि महानिर्देशकले अधिकार दिएपछि मात्रै गर्न पाइन्छ । पाँच लाख भन्दा बढीको औषधि लगायतका उपकरण खरिदको जिम्मेवारी महानिर्देशक मै हुन्छ । निःशुल्क औषधि खरिदको बजेट दुई अर्ब भन्दा बढी छ । त्यस मध्ये झन्डै ७० प्रतिशत रकमको औषधि केन्द्रले खरिद गर्छ । केन्द्रबाट खरिद गरिने २२ थरी औषधिका ३० करोड बराबरका टेन्डरको फाइल स्वीकृति र सम्झौता हुन बाँकी छ । त्यो भन्दा बढी बजेट सेवा र उपकरण खरिदका लागि केन्द्रसँगै रहन्छ ।
महानिर्देशक नहुँदा बहुला कुकुरको टोकाइमा प्रयोग हुने अत्यावश्यक खोप एन्टिरेबिज सकिनै लागेको छ । ‘खोप दुई तीन साताका लागि मात्र मौज्दात छ । सम्झौता हुन नसक्दा नयाँ ल्याउन सकिएको छैन,’ आइतबार अवकाश पाएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने । उनका अनुसार एन्टिस्नेक भेनम दुई महिनाका लागि पुग्ने जति छ । मान्छेको ज्यानै जाने खोपमा संवेदनशील हुनु पर्ने उनी बताउँछन् ।
नागरिकबाट





























प्रतिक्रिया