काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नु पर्ने बताएका छन् । "/>

अब नेपाल पनि समृद्धिको बाटोमा : प्रचण्ड

अब नेपाल पनि समृद्धिको बाटोमा : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नु पर्ने बताएका छन् । शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लबको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले अब जनताको अपेक्षा पूरा गर्ने समय आएको बताए । सरकारका लागि यतिबेला चुनौती र अवसर दुवै भएको भन्दै उनले यस्तो अवसर र चुनौती इतिहासमा पटक पटक नआउनेतर्फ ध्यानाकर्षण गराए ।

अध्यक्ष दाहालले जनताको अपेक्षा पूरा गर्ने गरी सुशासन र समृद्धिको यात्रामा जान सक्ने वा नसक्ने भन्नेबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार अग्निपरीक्षामा रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘प्रधानमन्त्रीज्यू, अग्नि परिक्षामा हुनु हुन्छ। हामी सबै नेतृत्वकर्ताहरु पनि अग्नि परीक्षामा छौँ।’ कुनैपनि देशले ठूलो क्षति र पीडाको बिचबाट गुज्रेपछि नै राष्ट्रले छिटो–छिटो समृद्धिको यात्रा तय गर्ने बताउँदै उनले अब नेपाल पनि समृद्धिको बाटोमा हिँड्ने विश्वास दिलाए । प्रकृतिले दिएको स्रोत र साधनको सही सदुपयोग गरेर देश विकास गर्नुपर्ने उनको धारणा थियो ।

भारत र चीन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नु पर्नेमा जोड दिएका दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताए । विगतमा राजनीतिक दल वा नेतालाई भारतपरस्त र चीनपरस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नु पर्ने उनको धारणा छ । नेपालमा विदेश नीतिका सम्बन्धमा फुटाउ र राज गर भन्ने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै दाहालले राष्ट्रिय एकता हुन नदिने चलखेल रोक्नका लागि छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित बनाइने बताए । ‘अब समय फेरिएको छ । नेपाली जनता सार्वभौम छन् । जनता विभाजित होइन, एकतावद्ध बनाउनुपर्छ।’
नागरिकबाट

Logo