झापाको मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई पक्राउ गरिएको दुई दिन नबित्दै फेरि अर्का वडाध्यक्ष पक्राउ गरेका छन् । "/>

मदिरा खाएर कार्यालय जाने अर्का वडाध्यक्ष पनि पक्राउ

मदिरा खाएर कार्यालय जाने अर्का वडाध्यक्ष पनि पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापाको मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई पक्राउ गरिएको दुई दिन नबित्दै फेरि अर्का वडाध्यक्ष पक्राउ गरेका छन् ।

दिउँसै मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौज गरेको उजुरीपछि खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खत्री अहिले प्रहरी चौकी कोषभञ्ज्याङको हिरासतमा छन्। उनी साबिकको फेदीगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडाध्यक्ष हुन् ।

Logo