नयाँदिल्ली
उपचारका क्रममा शुक्रबार साँझ नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर कागजी प्रक्रिया पुर्याएर शनिबार काठमाडौँ पठाउने दिल्लीस्थित नेपाली दूतावासले तयारी गरेको छ । कार्यवाहक राजदूत भरतकुमार रेग्मीले पार्थिव शरीर स्वदेश पठाउन दूतावासले अनापत्ति प्रमाण पत्र जारी गरिसकेको जानकारी दिए ।
‘दिल्ली प्रहरीले आवश्यक प्रकृया पुरा गर्न सामान्यतया १२ घण्टाको समय लिने हुँदा शनिवार आधा दिनपछि उहाँको पार्थिव शरीरलाई पठाउन सकिन्छ,’ उनले भने । पार्थिव शरीरलाई नेपाल पठाउनका लागि आवश्यक कागजातमा डेथ सर्टिफिकेट, पूलिस रिपोर्ट र दूतावासको अनापत्ति प्रमाणपत्र आवश्यक पर्छ । त्यस मध्ये पुलिस रिपोर्टमा समय लाग्ने देखिएको छ । रिपोर्टको टुंगो लागेपछि हवाई एयरलाइन्सको टिकट बनाउने रेग्मीले जानकारी दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया