डा. गोविन्द केसीको चारबुँदे माग, सरकारलाई १५ दिने अल्टिमेटम

डा. गोविन्द केसीको चारबुँदे माग, सरकारलाई १५ दिने अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

त्रिवि शिक्षण अस्पतालका प्रा.डा .गोविन्द केसीले सरकारसँग विभिन्न चारबुँदे माग अघि सारेर ध्यानाकर्षण गराएका छन् । उनले माग पुरा गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । 

डा. केसीले शुक्रबार विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्न, त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको कायम गर्न, तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गरेर उचित कारबाही गर्न केसीले माग गरेका छन्। आफ्ना माग चैत मसान्तभित्र पूरा गर्न नभए केसीले सत्याग्रह समेतको आन्दोलनको चेतावनी दिएका छन्।

‘गौरीबहादुर कार्की प्रतिवेदनले बर्खास्तीको सिफारिस गरिसकेका त्रिविका माफिया पदाधिकारीहरु अहिले निजी मेडिकल कलेजहरुलाई सरकारले तोकेको भन्दा बढी शुल्कमा स्नातकोत्तर पढाउने अनुमति दिन नाजायज रुपमा सक्रिय भइरहेको छ’ बिज्ञप्तिमा उल्लेख छ।’जिम्मेवार सरकारी कर्मचारीहरुलाई धम्क्याउने हदसम्म गिरेको लाजमर्दो स्थिति छ। यो अवस्थामा प्रतिपक्षी कांग्रेस लगायतका दलहरु निर्लज्ज भएर पराजुलीको पक्षमा बोल्नु दुर्भाग्यको कुरा हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

 केसीका मागहरु 
१) चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरियोस्। 
२) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारबाही गरियोस्। त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस्। 
३) त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२,५०,००० कायम गरियोस्। 
४) गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारबाही गरियोस्। उनले अहिलेसम्म सरकारी कर्मचारीहरुलाई धम्क्याएर आफ्नो कीर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानविन गरियोस्। पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरु तत्काल बन्द गरियोस्।

Logo