काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारी गरिरहेकै अवस्थामा चीनले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको आफुले प्रशसां गर्ने वताएको छ । साथै उसले छिमेकी मुलुकहरुसंग मित्रवत र सहकार्यको सम्बन्ध राख्ने नेपालको प्रयासमा समर्थन गर्ने समेत वताएको छ ।
चिनियाँ विदेश मन्त्रालयमा भर्खरै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक पत्रकारले ओलीको विदेश नीतिका सम्बन्धमा एक प्रश्न गरेका थिए । उनको प्रश्न थियो – ‘नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौस्थित कुटनीतिज्ञहरुलाई गरेको ‘ब्रिफिङ’मा नेपालले स्वतन्त्र र सन्तुलित नीति लिने र छिमेकी मुलुकहरुसंग राम्रो सम्बन्ध विकास गर्ने वताएका छन्’ ।
त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘चीन नेपाल सरकाको स्वतन्त्र विदेश नीतिको प्रशंसा गर्दछ । त्यसैगरी छिमेकी मुलुकहरुसंग मित्रवत र सहकार्य विकास गर्न नेपाललाई सहयोग गर्दछ ।
चीन, नेपाल र भारत एक अर्काका महत्वपूर्ण छिमेकीहरु हुन । हामीलाई आशा छ कि यी तीन पक्ष संगै काम गर्न सक्छन् र साझा विकास प्राप्त गर्न एक अर्कालाई सहयोग गर्न सक्छन ।’
उनै पत्रकारको जवाफमा चिनियाँ विदेश मन्त्रालयका पक्षवाट जस्तो जवाफ आयो, यसलाई चिनियाँ विदेश नीति भनेर बुझ्दा फरक पर्दैन । यही कारण पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग सम्बन्ध प्रगाढ बनाउन सहयोग मिलेको छ ।
एकथरी परराष्ट्र विश्लेषकहरु भन्छन्, चीन पनि भारतसँग नेपालले सम्बन्ध सुमधुर बनाएको हेर्न चाहान्छ । अझ अघि बढेर एक विश्लेषकले ठोकुवा गरे –‘ओलीको पहिलो भ्रमण भारतवाट भन्ने सजेसन नै चाइनाको हो ।’





























प्रतिक्रिया