काठमाडौं । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा अस्थायी शिक्षकको परीक्षा स्थगित गरिएको हो ।
शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्म परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा स्थगितको माग राख्दै विद्यार्थीहरु र अस्थायी शिक्षकहरुले देशभर आन्दोलन गरिरहेका छन् ।
शिक्षा ऐन नवौँ संशोधनबाट ७५ प्रतिशत अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया सुरु गर्दा अस्थायी शिक्षकहरुले आन्दोलनमा उत्रिएका हुन् । अस्थायी शिक्षकहरुको संगठन संयुक्त अस्थायी केन्द्रीय संघर्ष समितिले १० दिनदेखी अनसन जारी राखेको छ ।
उनीहरुले ७५ प्रतिशत नभई सबै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । भने उता विद्यार्थीहरु समेत आन्दोलनमा छन् । अस्थायीलाई स्थायी गराउँदा अध्यापन अनुमति पत्र लिएका विद्यार्थीहरुको भविश्य अन्धकार हुने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
परीक्षा स्थगितको माग गर्दै विद्यार्थी संगठनहरुले पनि शैक्षिक हड्तालको घोषणा गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले परीक्षा स्थगितको माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेका हुन् । चौतर्फी दबाव बढेपछि सरकार परीक्षा स्थगित गर्न बाध्य भएको हो ।





























प्रतिक्रिया