मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ । 

प्रदेश नं ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भए पनि स्तरोन्नति हुन सकेका छैनन् । कृषि क्षेत्रमा अगाडि रहेको भारतको कृषि प्रविधि भित्र्याउन सके प्रदेश नं ७ को कृषि क्षेत्रमा पनि प्रगति गर्न सकिने विषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताए ।

Logo