काठमाडौं

मुलुकभरका १ सय मेगावाट माथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । "/>

सम्भावित जलविद्युत आयोजनाहरूको पहिचान हुँदै

सम्भावित जलविद्युत आयोजनाहरूको पहिचान हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुकभरका १ सय मेगावाट माथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । इन्जिनियर खिमानन्द कँडेलले गरेको अध्ययनको आधारमा तयार पारिएको पुस्तक ‘हाइड्रोपावर पोटेन्सियल अफ नेपाल’ ले प्रदेशस्तरमा यस्ता आकर्षक आयोजनाहरू रहेको उल्लेख गरेको हो । झण्डै ३५०० मिटर उचाइ सम्मको क्षेत्रलाई अध्ययन गरेर तयार पारिएको पुस्तक पाँचौ नवीकरण ऊर्जा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बिहीबार सार्वजनिक हुँदैछ ।

सरकारले पहिचान गरेका आयोजनाहरू मध्येबाट कम पानीमा धेरै उचाइ (हाईहेड) र कम लागतमा बढी जलविद्युत उत्पादन गर्न सकिने आयोजनाहरूलाई समेटेर उत्कृष्ट आयोजनाहरू चयन गरिएको इन्जिनियर कँडेलले जानकारी दिए । “प्रदेश स्तरमा आयोजनाहरू अघि बढाउन सजिलो हुने भएकोले नेपालको जलविद्युत उत्पादन क्षमतासँगै तत्काल अघि बढाउन सकिने आयोजनाहरूलाई समेत पुस्तकले समेटेको छ,” उनले भने । उनका अनुसार अध्ययनमा देशभरका १ हजार ४ सय २३ वटा सम्भावित जलविद्युत आयोजनाहरूको पहिचान गरी अध्ययन गरिएको छ ।

प्रदेश–२ मा मात्र जलविद्युत उत्पादनको सम्भावना नरहेको पुस्तकले देखाएको छ । अध्ययनका आधारमा तयार पारिएको पुस्तकमा प्रदेश १ अन्तर्गत अरुण नदीमा ९ सय मेगावाटको अरुण तेस्रो र ४ सय ५० मेगावाटको किमाथांका अरुणका साथै तमोर नदीको २ सय मेगावाटको तमोर स्टोरेज, १ सय ५५ मेगावाटको सुपर तमोर र १ सय २८ मेगावाटको तमोरमेगा अघि बढाउन उपयुक्त देखिएका छन् ।

यस बाहेक सोही प्रदेशमा ३ सय मेगावाटको दूधकोसी स्टोरेज र १ सय ११ मेगावाटको दूधकोसी पनि अघि बढाउन सकिने अवस्था छ । यी आयोजनाहरू १० वर्ष भित्र सम्पन्न गर्न सकिने अवस्था छ । त्यसैगरी प्रदेश–३ मा सप्तकोसी नदी अन्तर्गतका ११ सय १० मेगावाटको सुनकोसी दोस्रो, ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो, ६ सय ५० मेगावाटको तामाकोसी दोस्रो र २ सय मेगावाटको खिम्ती शिवलरीका साथै त्रिशुली नदीमा ३ सय मेगावाटको लामटाङ जलाशय र १ सय २० मेगावाटको भोटेकोसी अघि बढाउन सकिने अवस्था छ । यी आयोजना बन्न भने १० देखि १५ वर्ष लाग्नेछ ।
कारोबारबाट

Logo