बाग्लुङ 

म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । "/>

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्युपछि गाउँ नै शोकमा !

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्युपछि गाउँ नै शोकमा !

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ 

म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगरलाई सो गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन्  । धर्मलाल लीलामती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर उनको सपना मलेसियामै समाप्त भयो ।

रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यस अघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्ष अघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्ष अघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।

तर झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुर मात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साता अघि मात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र ?’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’

थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशाले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने । पहिले दुई छोराको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यतिबेला मृत छोराका मुहार हेर्न लिलामति र धनबहादुर काठमाडौं नै आएका थिए । तर, अहिले उनीहरु दुवै काठमाडौं आउने अवस्था छैन । त्यसैले बाबुआमाको आग्रहमा थमबहादुर भाईको शव लिएर म्याग्दीतिर हिँडिसकेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव लैजान गाडीको व्यवस्था मिलाइदिएको छ ।

यसैविच दुई भाई छोरा गुमाएको एक दशक भइसकेको थियो । फेरि कान्छो छोरो गुमाउनुपर्यो‍ लिलामतीले । सुरुमा त साइला छोरा थमबहादुरले भाईको मृत्युको खबर आमाको कान सम्म नपुगोस् भन्ने चाहेका थिए । तर धर्मलालको मृत्युको खबर सामाजिक सञ्जाल हुँदै गाउँमा फैलियो, बुढी आमाको कान सम्म पुग्यो । त्यसपछि उनलाई सम्हालिन गाह्रो भयो । ‘भाईको घटना सुनेपछि आमाले बरु म मर्नु पर्नेमा छोरो मर्यो‍ भन्दै टाउकोमा दाउराले हिर्काउनु भयो,’ थमबहादुरले भने, ‘छोराको मृत्युको पीडा र टाउकोमा लागेको चोटले आमा अचेत हुनु हुन्छ ।’
नयाँ पत्रिकाबाट

Logo