काठमाडौं
सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो । अब प्रविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीहरु स्थानीय तहमा जानेछन् । यसमा श्रोणीविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।
२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजार सम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजार सम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
यस्तै त्यस भन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ , महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समिति सहित स्थानीय तहको संख्या ८३० पुग्छ । बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी ०७४ पास भएको छ । रासस





























प्रतिक्रिया