हेटौंडा
मानव विकास सूचकांक, साक्षरता दर, विद्युत सुविधा तथा गरिबी दरका आधारमा प्रदेश नं. ३ मुलुकका अन्य प्रदेशहरू भन्दा निकै अगाडि रहेको तथ्यांकले देखाएको छ । कुल राजस्व संकलनमा यस प्रदेशको योगदान ५० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
क्षेत्रगत रूपमा बजेटले सम्बोधन गर्नु पर्ने विषयहरूमा नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलबार हेटौंडामा आयोजना गरेको पूर्वबजेट अन्तरक्रियामा विभागका कार्यकारी निर्देशक नर बहादुर थापाले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश नम्बर तीन सबै सूचकांकमा अगाडि छ । कुल राष्ट्रिय आयमा प्रदेश ३ को योगदान ३१.९ प्रतिशत रहेको जनाइएको छ । नेपालको समग्र प्रतिव्यक्ति आय ७१८ अमेरिकी डलर रहेकोमा प्रदेश नम्बर ३ को प्रतिव्यक्ति आय १ हजार ९३ डलर रहेको कार्यकारी निर्देशक थापाले जानकारी दिए । यस प्रदेशमा कुल जनसंख्याको २०.९ प्रतिशत अर्थात ५५ लाखको बसोवास छ ।
मुलुकको कुल कृषि उत्पादनमा प्रदेश ३ को ३१ प्रतिशत योगदान छ । सेवा क्षेत्रको उत्पादनमा यस प्रदेशको ४४.५ प्रतिशत योगदान रहेको जनाइएको छ । सबैभन्दा बढी उद्योग पनि यसै प्रदेशमा छन् । जलविद्युत उत्पादनमा प्रदेश ४ पछिको दोस्रो महत्वपूर्ण प्रदेश पनि प्रदेश ३ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । हाल उत्पादित जलविद्युतमा पनि करिब ३६ प्रतिशत योगदान यसै प्रदेशको छ । यस प्रदेशमा करिब २३ सय मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । बैकिङ क्षेत्रको निक्षेप संकलनमा यस क्षेत्रको योगदान करिब ७२ प्रतिशत र कर्जा परिचालनमा ५७ प्रतिशत छ ।
कारोबारबाट





























प्रतिक्रिया