काठमाडौं
४ नम्बर प्रदेशको सोमबार दोस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । मन्त्रिपरिषद विस्तारमा तनहुँका किरण गुरुङ सहित तीन मन्त्री थपिएका छन् । ४ नम्बर प्रदेशका ११ जिल्ला मध्ये गोरखा र तनहुँ दुई दुई मन्त्रालय पाउने जिल्ला बनेका छ । त्यस्तै पर्वत र म्याग्दीले एक, एक मन्त्री पाए भने लमजुङले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पाएको छ । यस अघि सांसद रोशन गाहालाई मन्त्री बनाउने चर्चा चलेपनि गुरुङ मन्त्री बनेपछि उनलाई हटाइएको थियो । व्याँस ४ का स्थानीय अञ्जान श्रेष्ठले जिल्लाले मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै अब तनहुँको विकासमा फड्को मार्ने बताए । प्रदेशमा सोमबार विस्तारित मन्त्रिपरिषदमा नवनियुक्त तीनै जना मन्त्री एमालेका हुन् ।
४ नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्र बीच पहिले नै भएको समझदारी अनुसार एमालेले ५ र माओवादीले २ मन्त्रालय लिनेछन् । कुनै जिल्लाका जनता उत्साहित हुँदै गर्दा कतै भने निराशा छाएको छ । अहिले प्रदेश ४ का ६ वटा जिल्ला मन्त्री विहिन बनेको छ । जिल्लामा केन्द्रीय नेतृत्व हाबी हुन नसक्दा केहि जिल्लाका सांसदहरु मन्त्री बन्न सकेनन् । पार्टीमा केन्द्रीय तहमा नेतृत्व पक्कड हुन नसक्दा अधिकांश जिल्ला निल हुन पुगेको हो ।
यता एमालेका प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङ अन्तिम समयमा मन्त्री बनेका छन् । गुरुङलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अर्थ तथा योजना मन्त्रालयको जिम्मेवारी दिए । नवनियुक्त अर्थमन्त्री गुरुङले प्रदेश र प्रतिनिधि सभा निर्वाचन अघि देखि नै ४ नम्बर प्रदेशको इन्चार्ज र पार्टीको बरियतामा अगाडी रहेको भन्दै मुख्य मन्त्रीको दाबी गर्दै आएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया