काठमाडौं
न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम मध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद पठाउने निर्णय गरेको छ । परिषद्को हिजो बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ मध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषदमा पठाइने निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश पद रिक्त छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नु पर्ने कानूनी व्यवस्था छ । जोशी, मिश्र र राणाले तीन वर्ष काम गरि सकेका छन् । नेपालको संविधानमा न्याय परिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेख अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।
रासस





























प्रतिक्रिया