काठमाडौँ
३० वर्षे सेवा अवधिका कारण २९ चैतमा अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल अझै सम्म पनि बिदा बसेका छैनन् । "/>

दुई एआईजी बिदा बसे, आईजीपीको टुंगो छैन

दुई एआईजी बिदा बसे, आईजीपीको टुंगो छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
३० वर्षे सेवा अवधिका कारण २९ चैतमा अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल अझै सम्म पनि बिदा बसेका छैनन् । नयाँ आईजीपीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बहालवाला आईजीपी एक महिना अघिबाट घरबिदा बस्ने परम्परा भए पनि अर्याल भने बिदामा बसेका छैनन् । उनी लगायत १५ एआईजीहरू २९ चैतबाट ३० वर्षे सेवा अवधिका कारण प्रहरी सेवाबाट अवकाश पाउँदै छन् ।

तर उनीसँगै अवकाशमा जान लागेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू २० दिन अघिबाट घर बिदामा बसेका छन् । प्रदेश ६ का एआईजी रणबहादुर चन्द र प्रदेश ७ का एआईजी माधव नेपाल शुक्रबारबाट घर बिदामा बसेका हुन् । उनीहरूसँगै अनिवार्य अवकाशमा जान लागेका उनकै ब्याची १३ एआईजी भने बिदामा बसेका छैनन् । ‘अवकाशको दिन नजिकै आइसक्यो, अब बिदामा बस्दै राम्रो होला भन्ने लाग्यो, त्यही भएर बिदामा बसेको हुँ, अब अवकाशको एक–दुई दिन अघि मात्रै बिदाइ हुन जान्छु,’ प्रदेश ७ का एआईजी नेपालले भने ।
राजधानीबाट

Logo