काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । "/>

कमल थापाले सरकारको कडा प्रतिवाद गर्ने (भिडियोमा)

कमल थापाले सरकारको कडा प्रतिवाद गर्ने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए ।

उनले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति भएको दावी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । बिहीबार काभ्रेको धुलिखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भएपनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लागिपर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी गरे । उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्ष भित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै संचालन गर्ने योजना अघि सारे ।

अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे । २ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन । अनुशिक्षण कार्यक्रममा निर्वाचनमा हार व्यहोर्नुको कारण खोजी गर्दै पार्टीको भावी रणनीति तय गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

Logo