काठमाडौँ
नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी सहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । "/>

चन्द्रागिरीमा अमेरिकी दूतावासको भ्रामक ‘एड्भाइजरी’

चन्द्रागिरीमा अमेरिकी दूतावासको भ्रामक ‘एड्भाइजरी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी सहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरी प्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जनाएको छ । माओवादी युद्धमा समेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरू बताउँछन् ।

दूतावासले मंगलबार एड्भाइजारी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूतावासले उक्त क्षेत्रमा स्थानीय समूहहरूले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका निमित्त सुरक्षा अलर्ट जारी गरेको हो । दूतावासले निकालेको उक्त अलर्टमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

सरकारले पनि अमेरिकी दूतावासको दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ । नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावासले भने जस्तो सुरक्षाको खतरा नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । “अमेरिकी दूतावासले किन यो विषयमा सुरक्षा अलर्ट जारी गरेको हो भन्ने विषयमा म कुरा गर्नेछु,” मन्त्री अधिकारीले भने । अमेरिकी दूतावास मात्रै नभएर अन्य कुटनैतिक नियोग तथा दूतावासहरूले यस्ता विषयमा छलफल गरेर मात्रै अगाडि बढ्न समेत मन्त्री अधिकारीले आग्रह गरेका छन् । “नेपालको सुरक्षामा कुनै पनि चुनौती छैन, नेपाल आउने सम्पूर्ण देशका नागरिकको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन्छ,” मन्त्री अधिकारीले भने ।
कारोबारबाट

Logo