काठमाडौँ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई सिन्डिकेटमुक्त बनाइने दाबी गरेका छन् । उनले अब वैदेशिक रोजगारीको क्षेत्रमा भएका सबैखाले सिन्डिकेट हटाइने बताए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका सबैखाले सिन्डिकेट हटाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अब कुनै पनि नाममा सिन्डिकेट हुन नदिने दाबी गरे ।
कुनै पनि नामको सिन्डिकेट तोड्छु भन्दै उनले स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, अभिमुखीकरण लगायत सेवामूलक कार्यमा कसैलाई पनि सिन्डिकेट गर्न नदिने बताए । उनले अब वैदेशिक रोजगारीको क्षेत्र सिन्डिकेटमुक्त र थप मर्यादित एवं प्रतिस्पर्धी, पारदर्शी हिसाबले सञ्चालन हुनु पर्ने बताए ।
अहिले वैदेशिक रोजगारीमा विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा चर्को सिन्डिकेट रहेको गुनासो आएको छ भन्दै उनले विदेश जाने कामदारलाई तोकिएका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन गरिने बताए । त्यसैगरी, उनले संस्थागत रूपमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदै आएका म्यानपावरहरूबाट हुने पर्दा पछाडिको काम सबै बन्द गरिने पनि दाबी गरे ।
मन्त्रालयले वैदेशिक रोजगारीमा गएका कामदारको हितमा प्रभावकारी काम गर्ने भन्दै उनले हाल काठमाडौंको ताहाचलमा रहेको श्रमग्राम विभिन्न शाखाबाट प्रदान गरिने श्रम स्वीकृति दिने कार्यलाई पूर्वी क्षेत्रको इटहरी, जनकपुर क्षेत्रका लागि धनुषा र पश्चिमी क्षेत्रका लागि बुटवलमा पु¥याइने बताए ।
राजधानीबाट































प्रतिक्रिया