काठमाडौँ
कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । "/>

खुमबहादुरको स्वास्थ्य अवस्था जटिल : आइसीयुमा राखेर उपचार गरिँदै

खुमबहादुरको स्वास्थ्य अवस्था जटिल : आइसीयुमा राखेर उपचार गरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनको गत ६ फागुनमा थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो ।

खड्कालाई मिर्गौला र छातीमा समस्या देखिएपछि आइसीयुमा राखिएको उनका सहयोगी चुडामणि कँडेलले जानकारी दिए । ‘छाती र मृर्गौलामा देखिएको समस्या बढेपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको छ’ कँडेलले भने ।

४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा समस्या कम नभएपछि एपोलोमा लगिएको थियो । खड्का लामो समय देखि मिर्गौला र छाती सम्बन्धी रोगबाट पीडित छन् ।
नयाँ पत्रिकाबाट

Logo