काठमाडौँ,
प्रधानमन्त्री केपी ओलीले हिजो सिंहदरबारमा ७ वटै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव, प्रदेश महान्यायाधीवक्तालाई डाकेर छलफल गरेका छन् । "/>

प्रधानमन्त्री ओलीद्वारा मुख्यमन्त्रीहरुलाई १९ बुँदे निर्देशन

प्रधानमन्त्री ओलीद्वारा मुख्यमन्त्रीहरुलाई १९ बुँदे निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
प्रधानमन्त्री केपी ओलीले हिजो सिंहदरबारमा ७ वटै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव, प्रदेश महान्यायाधीवक्तालाई डाकेर छलफल गरेका छन् । दिनभर भएको छलफलमा प्रधानमन्त्री ओलीले उनीहरुलाई देशको विकास गर्दा विभिन्न बाहना देखाएर नपन्छिन आग्रह गरेका थिए । उनले संघीयताबाट पछाडि फर्कन नमिल्ने भएकाले जनउत्तरदायी भएर काम गर्न निर्देशन दिएको ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङ, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागिता रहेको थियो ।

उक्त बैठकमा रक्षामन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्ग, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, महान्यायधिवक्ता अग्नीप्रसाद खरेल, मुख्यसचिव लोकदर्शन रेग्मी लगायत सरकारका सचिवहरू, सातवटै प्रदेशका प्रमुख सचिवहरू, मुख्यन्यायधिवक्ताहरू लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नयाँ पत्रिकाबाट

Logo