काठमाडौं
रौतहटमा सोमबार राती एकै दिन तीन वटा घटना घटेको छ । त्यो भन्दा पनि अघिल्लो दिन लाई हेर्ने हो भने पनि दुई वटा अपराधिक घटना भएका छन । "/>

रौतहटमा अपराधिक घटनाहरु बढे, सुरक्षा निकायको निश्क्रियता उस्तै

रौतहटमा अपराधिक घटनाहरु बढे, सुरक्षा निकायको निश्क्रियता उस्तै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रौतहटमा सोमबार राती एकै दिन तीन वटा घटना घटेको छ । त्यो भन्दा पनि अघिल्लो दिन लाई हेर्ने हो भने पनि दुई वटा अपराधिक घटना भएका छन । उल्लेखित आपराधिक घटनाले रौतहटको शान्ति सुरक्षाको अबस्था नाजुक रहेको देखाउछन । त्यस माथि पनि कटहरिया नगरपालिका भित्र नै गोलि प्रहार र हत्याको दुई वटा घटना घटेको छ भने अर्को एक आगजनीको घटना भने गरुडा नगरपालिकामा पर्दछ । पछिल्लो समयमा हेर्ने हो भने रौतहटको शान्ति सुरक्षा कायम गर्न प्रहरी असफल भएको छ । भन्सार राजश्व असुली लक्ष्य भन्दा निकै कम रहेको छ ।

उता दुई दिन अघि अर्थात आईतबारको घटना हेर्ने हो भने रौतहटको राजदेबी नगरपालिकाको बाग्मति नदि किनारमा एक महिलाको शब बेवारिसे बनेको छ । चन्द्रपुर नगरपालिका–१ पौराई जङ्गलमा सबारी साधनको ठक्करबाट महिलाको मृत्यु । यी दुबैको शबको पहिचान हुन सकेको छैन भने ठक्कर दिने सबारी साधनको समेत पहिचान हुन सकेको छैन ।

सोमबार राती कटहरिया नगरपालिका––८ पिप्रापोखरियामा टोलमा रहेको नेम ईटा भट्टमा कार्यरत मजदुुर गरुडा नगरपालिका– ५ का ५० बर्षिय राम असिष यादव माथी गोलि प्रहार भएको हो । कटहरिया नगरपालिका–५ निबासी बिजय साह सोनारले श्रीमती राजकुमारी देवीको हत्या गरेर फरार रहेका छन । यस्तै गरुडा नगरपालिका–५ स्थित झाझपुल कटहरिया सडक खण्डको महम्मदपुर लक्ष्मिपुरमा डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने यो आर्थिक वर्षको हाल सम्म २ सय ३६ वटा बिभिन्न घटनाका उजुरी दर्ता भएको छ । जस मध्ये जबरजस्ती करणीको १२ वटा र कर्तव्य ज्यान सम्बन्धी २२ वटा रहेका छन् । यस आर्थिक वर्षमा १ सय ६१ फरार आरोपी मध्ये २४ जना पक्राउ परेको र १ सय ३७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo