काठमाडौं ।
नेपाल आईडलको दोस्रो सिजन केही दिनपछि सुरु हुँदैछ । आईडलको दोस्रो सिजनको पहिलो अडिसन भैरहवामा हुने आयोजकले जनाएको छ ।
दोस्रो सिजनमा आईडलले ठूलो नीतिगत परिवर्तन गरेको छ । आयोजकका अनुसार नेपाल आइडलको दोस्रो संस्करणका विजेताले गाडी पुरस्कार पाउने छैनन्, अब गाडीको सट्टा नगद ५० लाख पुरस्कार पाउने छन् ।
गाडी किन हटाईयो ?
नेपाल आईडलको दोस्रो सिजनमा गाडी पुरस्कार किन हटाईयो ? भन्ने विषयमा आयोजकले केही खुलाएको छैन् । तर पहिलो सिजनको विजेता बुद्ध लामाले गाडी अझै आफुले नपाएको बताएपछि यस्तो गरेको हुनसक्छ ।
पहिलो सिजनको आईडल बनेका बुद्ध लामाले गाडी अझै नपाएको भन्ने आशयको एक अडियो सन्देश सामाजिक सञ्जालमा केही समय अघि भाईरल भएको थियो । यद्यपी आयोजकले भने यस विषयमा एक विज्ञप्ती जारी गर्दै पुरस्कार बाफत दिने भनिएको गाडी दिएको र कर नतिरेपछि लामाले ब्लुबुकका नपाएको बताए ।
अडिसन मंगलबारबाट
नेपाल आईडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबारबाट सुरु हुँदैछ । भैरहवामा पहिलो अडिसन हुने बताइएको छ ।
एपिवान टेलिभिजनको फेसबुक पेजबाट दिएको जानकारी अनुसार। भैरहवाको जेसिज किन्डर गार्डेन हाइस्कुलमा पहिलो अडिसन लिइने छ । त्यसपछि क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा अडिसन हुनेछन् ।
पब्लिक भोट ५० प्रतिशत मात्रै
आईडलको दोस्रो सिजनमा पब्लिकको भोट र जजहरुको निर्णयलाई ५० ५० प्रशितको मान्यता दिइएको छ । एपि वान टिभीले जनाए अनुसार यो सिजनमा ठूलो परिवर्तन गरिएको छ ।
जजहरु को ?
दोस्रो सिजनमा पनि जजहरु पुरानै दोहोरिने भएका छन् । पहिलो संस्करणमा जस्तै न्हृयु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा फेरि जज बन्ने छन् ।
प्रस्तोता फेरिए ।
जजहरु पुरानै भए पनि एकजना प्रस्तोता फेरिएका छन् । सुशील नेपाल अर्को सांगीतिक रियालिटी शो भ्वाईस अफ नेपालमा अनुबन्ध भएपछि एक जना जज फेरिने पक्का भएको हो ।
रिमा विश्वकर्मासँग सुशील नेपालको ठाउँमा नायक तथा टेलिभिजन प्रस्तोता आसिफ शाह आउने छन् ।
सपाली विशेष क्षमता भएका प्रतियोगीहरुलाई गोल्डेन माइक पनि दिइने छ । उनीहरु अडिसनपछि सोझै टप २४ मा जान सक्नेछन् ।





























प्रतिक्रिया