बर्षमानलाई स्वागत गर्दै कुलमानले यसो भने

बर्षमानलाई स्वागत गर्दै कुलमानले यसो भने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अव विजुलीको विल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

नवनियुक्त उर्जामन्त्री वर्षमान पुनलाई स्वागत तथा ब्रिफिङ्ग कार्यक्रममा उनले विद्युत प्राधिकरण प्रविधीमैत्री बन्न नसक्नु नै घाटाको पहिलो कारण भएकोले स्मार्ट सिस्टम शुरु गर्नुपर्ने बताए । मिटर रीडिङ्गको लागि धेरैजना कर्मचारी तलव खुवाएर राख्नुपर्ने र उनीहरुले रीडिङ्ग गरेको विलमा समेत कैफियत हुने भएकोले तुरुन्त नेपाल टेलिकमजस्तै प्रविधीमैत्री भुक्तानी प्रणाली बनाउनुपर्ने उनको भनाई छ ।

उहाँले विद्युत महसुल दर लामो समयदेखि समायोजन हुन नसकेकोले समायोजन गर्नुपर्ने, प्राधिकरणले लिएको बैदेशिक श्रोतको ऋणको व्याज घटाउनुपर्ने, प्राधिकरणमा जनशक्ति अभाव भएकोले जनशक्ति व्यवस्थापन गर्नुपर्ने र प्राधिकरणलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यी समस्या समाधान गरियो भने विद्युत प्राधिकरणमा टेलिकममा जस्तै २५ प्रतिशत जनताको सेयर लगानी गर्न सकिने उनको भनाई छ । प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सक्ने प्रावधान राखेको छ ।

Logo