रौतहट
नेपाल भारत सीमा क्षेत्रको दशगजामा राखिएका पिल्लर जीर्ण अवस्थामा पुगेको पाइएको छ । हालै मात्र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सरमजुवा र भारतीय सुरक्षा निकायले सरमजुवा सीमा क्षेत्रमा रहेका पिल्लरको संयुक्त पट्रोलिङ गस्ती तथा अनुगमन गरेको थियो । "/>

सीमा क्षेत्रका स्तम्भ जीर्ण अवस्थामा

सीमा क्षेत्रका स्तम्भ जीर्ण अवस्थामा

केन्द्रबिन्दु
0
Shares

रौतहट
नेपाल भारत सीमा क्षेत्रको दशगजामा राखिएका पिल्लर जीर्ण अवस्थामा पुगेको पाइएको छ । हालै मात्र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सरमजुवा र भारतीय सुरक्षा निकायले सरमजुवा सीमा क्षेत्रमा रहेका पिल्लरको संयुक्त पट्रोलिङ गस्ती तथा अनुगमन गरेको थियो ।

बौधिमाई नगरपालिका–७, सरमजुवा अन्तर्गत भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको निरीक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेतृत्वमा १३ जनाको टोली र सीमा सुरक्षा बल जमुनिया भारतका निरीक्षक निलमणि कुमारको नेतृत्वमा ११ जनाको संयुक्त टोलीले सीमा क्षेत्रमा रहेका पिल्लरको निरीक्षण तथा दशगजा क्षेत्रको पट्रोलिङ गस्ती गरेको थियो ।

सरमजुवा क्षेत्रका १७ वटा पिल्लर मध्ये ११ वटा पिल्लरको मर्मत गर्नुपर्ने र २ वटा पिल्लरको पुनर्निर्माण गर्नु पर्ने देखिएको सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए । समय समयमा भइरहने संयुक्त पट्रोलिङ कार्यबाट सीमा क्षेत्रमा हुने सीमा अपराध, चोरीनिकासी र पैठारी, अवैध घुसपैठ नियन्त्रण हुनुका साथै दुवै देशका सीमासुरक्षा बलबाट गरिने संयुक्त पट्रोलिङले आपराधिक क्रियाकलापहरू हदै सम्म नियन्त्रणमा आएको बोर्डर आउट पोस्ट सरमजुवाका सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
राजधानीबाट

 

Logo