काठमाडौं
फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनु अगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरम बीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर भोलिपल्टै ओलीले मन्त्रिपरिषद विस्तार गरे ।
फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो । प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् ।
सरकारमा जाने निर्णय गरेको संघीय समाजवादी फोरम आन्तरिक विवादमा फसेको छ । सरकारमा को–को मन्त्री बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको हो । मन्त्रीका लागि सुरु देखि चर्चामा रहेका राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाममै विवाद निम्तिएको छ । स्रोतका अनुसार श्रेष्ठ र यादव दुवैलाई मन्त्री बनाउन नहुने ‘लबिङ’ बलियो बन्दै गएको छ । यसका लागि फोरमका केही नेताले प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई मात्रै मन्त्री बनाउनु पर्ने तर्क गरेका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया