बियरका सौखिनहरुलाई सधै सोध्न मन लाग्ने प्रश्न भनेकै यो बियर किन खैरो र हरियो बोटलमै आउछ भनेर ।
हुन पनि हो अहिले बिश्वभर पाईने सबै बियरहरु खैरो र हरियो बोटलमै आउछ । तर किन यस्तो गरेको होला भनेर स्पष्ट उत्तर थाहा हुदैन । विश्वकै सर्वाधिक पुरानो पेय पदार्थको रुपमा रहेको बियर पहिला उत्पादन हुदाँ पारदर्शि बोटलमा आउने गथ्र्यो । यसरी पारदर्शी बोटलमा बिक्रिलाई लैजादा घामको प्रत्यक्ष सम्पर्कमा आउदाँ बोटल भित्रको बियरको स्वाद बिग्रने गर्न थाल्यो । घारवाट आउने पराबैजनि किरणको मात्रालाई रोक्नलाई पछि खैरो रंगको बोटलमा बियर आउन थाल्यो । खैरो रंगको बोटलले सूर्यको किरणमा आउने पराबैजनि किरणलाई रोक्ने भएपछि बियर लामो समयसम्म सुरक्षित हुन थाल्यो र बियर खैरो बोटलमै उत्पादन हुन थाल्यो ।
दोस्रो बिश्वयुद्धको समयमा खैरो रंगको बोटलको उत्पादनमा कमी आउन थाल्यो । बियरका उत्पादकहरुलाई बियर त बेच्नु नै थियो र उनीहरुले खैरो बोटलको अभावमा हरियो बोटललाई प्रयोगमा ल्याए । जसको कारण अहिले पनि अधिकांश बियरहरु खैरो र हरियो बोटलमा मात्र पाईन्छ ।





























प्रतिक्रिया