विराटनगर
एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । "/>

कसरी पायो भारतीय परिवारले नेपाली नागरिकता ?

कसरी पायो भारतीय परिवारले नेपाली नागरिकता ?

केन्द्रबिन्दु
0
Shares

विराटनगर
एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन् ।

विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो । उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । प्रहरीले नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ । निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन्।’ नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ । छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनार्इ छ । प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धान पछि मात्रै खुल्ने बताएको छ ।

सन्तोषले सन् २००३ जनवरी २ तारिखमा बिहार अररिया जिल्लाको फारबिसगन्ज इन्द्रनगर– ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए । त्यसको नम्बर जीवाईक्यू ११५१९७६ हो । उनीसँग भारतीय मतदाता परिचयपत्र पनि छ । यसमा पनि बुबाको नाम स्व. गजेन्द्र साह उल्लेख छ । सन्तोषले ०६४ साल जेठ १३ गते मोरङ जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा लिएको ९१ नम्बरको नागरिकतामा जन्ममिति ०३४ चैत १५ गते उल्लेख छ । यसमा बुबाको नाम स्व. गजेन्द्र साह उल्लेख छ भने प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।
अन्नपूर्णबाट

Logo