काठमाडौं
बुधबार राति स्वचालित पेस्तोल र त्यसको ६ राउण्ड गोली सहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । "/>

गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार

गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
बुधबार राति स्वचालित पेस्तोल र त्यसको ६ राउण्ड गोली सहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । उनी माथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान अघि बढाइएको काठमाडौ प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन कुमार थापाले जानकारी दिए । ‘लामा माथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान अघि बढाएका छौं,’ थापाले भने ।

उनी माथि लागेको आरोप पुष्टि भएमा ६ महिना देखि एक वर्ष सम्म जेल सजायँ र ६० हजार देखि एक लाखसम्म जरिवाना वा दुवै सजायँ हुनेछ । लामालाई बुधबार राति गौशालास्थित पशुपति भिजन कम्प्लेक्सबाट प्रहरीले हतियार सहित पक्राउ गरेको थियो । कम्प्लेक्स अगाडी राति हतियार पड्केको आवाज सुनेपछि पछ्याउँदै जाँदा लामालाई पक्राउ गरेको प्रहरीको दाबी छ ।
यसै वीच प्रहरी नियन्त्रणमा रहेका लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको र आफू माथि गोली प्रहार गर्न खोज्नेको हतियार खोसेको भन्दै उनले हस्ताक्षर नगरेका हुन् ।

‘उनले हतियार आफ्नो नभएको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न मानेनन्,’ डिएसपी थापाले भने । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिले बयान नदिन वा चुपचाप बस्न पाउने अधिकार हुन्छ, उनले त्यही अधिकार प्रयोग गरेका हुन्,’ थापाले भने । प्रहरीले हतियार लामाको साथबाट बरामद गरेकाले अरुको हो भन्ने आधार नभएको जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo